देशभर थप ५६४ जनामा कोरोना पुष्टी, १ को मृत्यु


काठमाडौं – नेपालमा गत २४ घन्टामा ५६४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४४५४ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा २ सय २ जना कोरोनामुक्त भएका छन् भने १ जना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा गत २४ घन्टामा १ लाख १ हजार ६ सय जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।

अहिलेसम्मको अवस्थामा नेपालमा ११ हजार ९ सय ६० जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

अहिलेको अवस्थामा देशभर सक्रिय संक्रमितको संख्या ३९२९ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया