

‘निर्वाचनसँग डराउनेलाई सूर्य चिन्ह किन चाहियो ?’

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरु चुनावदेखि डराएको बताएका छन् । उनले जनतासँग जान डराउनेलाई किन सूर्य चिन्ह चाहियो भन्दै प्रश्न पनि गरेका छन् । ओलीले सूर्य चिन्ह लिएर अहिलेसम्म चुनाव नलड्नेले निर्वाचन आयोग पुगेर यो त हामीलाई चाहियो भनेर दाबी गर्न मिल्छ भन्दै प्रश्न पनि गरे ।
आफूले देशलाई हँसाउन चाहेको बताउँदै आफ्ना विरोधीले देश र जनतालाई रुवाउन खोजेको भन्दै आफूले त्यस्तो हुन नदिने उनले बताए । ‘के म दुनियाँलाई रुवाउँदै हिंडौं ?’ ओलीले भने, ‘देश अब विकासतिर अघि बढ्नेछ ।’
नेकपा हाम्रो पार्टीमा जस्तो भाँडभैलो संसारका कुनै पार्टीमा हुँदैन। अखवार र टिभीमा गएर उफ्रन पाइन्छरु कुनै देशका राष्ट्रपतिमाथि यसरी अश्लील बोलेको सुन्नु भएको छ? केही बुद्धिजीवी र राजनीतिक व्यक्तिले बोलेको देख्नु भएको छ?
नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले आज राजधानीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । हिजो मात्र हामीले नयाँ एप बनाएका छौँ। नागरिक एपले भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण हुन्छ। आधुनिक र डिजिटल नेपाल बनाउन सहयोग हुन्छ।
योजना आयोगको हिजो लामो बैठक बस्यो। कोभिडलगायत समस्या छन्। सत्ताधारी पार्टीभित्र भएको कपटपूर्ण तमासाले व्यवधान गरेको थियो। अब आगामी दिनमा विकासको दर उच्चका साथ तीव्र रुपमा अघि बढ्छ। माइनसमा हामी गएनौँ। विश्वभर क्षतविक्षत बनायो तर हाम्रोलाई सकेन। तर क्षति धेरै भएको छ। अब हामी यसबाट छुटकारा पाउँदैछौँ।
अब भ्याक्सिन आएपछि धेरै तिव्रता दिनेछौँ। चार महिना लकडाउन भयो। अनि कोभिडले केही महिना प्रभावित भए। अब छुटकारा प्राप्त गर्दै छौँ। विकासका प्रयास र काम अघि बढेका छन्। गाउँ गाउँमा साथीहरुले देखेका छन्। ठूलै देशमा पनि यस्तो रेकर्ड छैन। जहाँ ३ सय ९ वटा अस्पताल शिलान्यास गरेका छौ। विकासको प्रयास असाधारण छ।
देश निर्वाचनमा जाँदा देश संकटमा पर्छ भन्ने आएको छ। केही वर्षपछि पनि त निर्वाचनमा जानैपर्छ। अनि त्यस समयमा पनि संकट त पर्ने रहेछ।
उहाँहरू लोकतन्त्र नमान्ने तर अदालतले भनेको मानेन भने जनताबाट फैसला गर्छौँ भन्नुभयो। स्ववन्त्र अदालत पनि लोकतन्त्रमा हुन्छ नि अरु अड्डा चाहिँदैन ? संसद चाहिदैन ? सरकार चाहिदैन ? लोकतन्त्रका मूल्यमान्यता हुन्छन्। निर्वाचन सम्झेपछि थरथर किन होरु सपनामा पनि निर्वाचन भनेपछि ब्युझने अनि कुरा गर्ने लोकतन्त्रको? जनतालाई दिएको प्रताडना र देशविरुद्ध गरेको कुकर्म जनतालाई थाहा छ त्यसैले होला निर्वाचन भन्दा भागेको हो।
केन्द्रीय कमिटी बैठकमा केही नेता आएनन्। टाउको दुख्यो कि बिहे भोजमा जानु भएको हो कि भन्ठानेको त निर्वाचन आयोग पुग्नु भएको रहेछ। पार्टी हामी हौँ र असल हामी भन्नु भएछ। बरमझियामा पनि यति हुँदैन।
निर्वाचन घोषणा हुनु अपराध हो भने सूर्य चिन्ह किन चाहियो? सूर्य चिन्हमा एक पटक पनि नलडेको मानिस सूर्य चिन्ह हाम्रो हो भन्न कसरी भन्न मिल्छ? दर्ता भएपछि हामी त्यही चिन्हमा सधैँ लडेका छौँ। २०७४ सालमा यही चिह्नमा लडौँ भनेकै हो। सूर्य चाहिन्छ भने बैठकमा आउनुस्।
निर्वाचन हुनुहुदैन, पुरानै संसद पुनस्थापना हुनुपर्छ भनेर अदालत जानु भएको छ। वहाँहरुसँग तर्क छैन। झुट बोल्दै हुनुहुन्छ। फलाना फलना न्यायाधीश भेट्न गए भन्ने आरोप लगाउनुभयो। यो भन्दा बेइमानी के हुन्छ? न्यायपालिकामाथिको यो गम्भीर प्रहार अरु के हुन्छ।
यो भन्दा घिनलाग्दो अरु के हुन्छ। ती नाम गरेका न्यायाधीशलाई कहिल्यै पनि भेटेको छैन। मैले सपना प्रधान मल्ललाई वकिल भएको समयमा देखेको हुँ। कार्यक्रममा देखेको मात्र हो। अरु न्यायाधीशलाई देखेको पनि छैन। पत्रिकाहरु झुटको ठेक्का लिएर बसेका छन्। आज पनि भेटेको हो? भनेर प्रश्न चिह्न राखेर लिख्न मिल्छ।
मन्त्रिपरिषद् निर्णय
प्रतिनिधि सभा विघटनको सिफारिस गर्न मन्त्रिपरिषदले गरेको निर्णयमा धारा उल्लेख गरेको छैन भनेर बहस गर्नु भएछ।मन्त्रीपरिषदले उल्लेख गर्नपर्छ भनेर कुन धारामा लेखिएको छ। मन्त्रिपरिषदको निर्णय गरेर खुलेआम रुपमा चलेका हुँन्। वहाँहरु जस्तो ३ बजे पछि आएकोलाई १० बजे आएको भनेको छैन।
मन्त्रिपरिषदले गरेको निर्णयलाई प्रधानमन्त्रीले सिफारिस गर्ने हो। धारा ७६, ८५ नेपालको अभ्यास र अन्तराष्ट्रिय अभ्यास भनेर मैले सिफारिस गरेको हुँ। राष्ट्रपतिले यही हेरेर गर्नु भएको हो। कठै तर्क१ संविधानको धारामा आउनुस्। तर्कमा आउनुस्। देश दुनियाँको अभ्यासमा आउनुस्।

