

‘केपी शर्मा ओली अध्यक्ष र विष्णुप्रसाद पौडेल महासचिव भएको पार्टी नै वैधानिक नेकपा हो’

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपाको संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङले केपी शर्मा ओली अध्यक्ष र विष्णुप्रसाद पौडेल महासचिव भएको पार्टी नै वैधानिक नेकपा भएको बताएका छन् । उनले अहिलेको सरकार वैधानिक सरकार भएको पनि बताएका छन् ।
उनले आफूहरू अझै पनि पार्टी एकताकै पक्षमा रहेको समेत बताए । नेकपाको प्रदेश नम्बर १ को प्रधानमन्त्री केपी शर्मा ओली पक्षको अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
यस्तै पूर्व सभामूख तथा नेकपा नेता सुभासचन्द्र नेम्वाङले कार्यक्रममा बोल्दै नेता नेम्वाङले निर्वाचन आयोगले निर्वाचनको आचारसंहिता सार्वजनिक नगरुन्जेलसम्म प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार संविधान अनुसार वैधानिक रहेको बताए ।
निर्वाचन आयोगले आचारसंहिता जारी गरेपछि भने सरकारका कतिपय काममा स्वतः अवरोध सृजना हुन सक्ने नेता नेम्बाङको भनाइ छ । उनले हालको सरकारमा जस्तो सुकै काम गर्ने अधिकार रहेको पनि प्रष्ट पारेका छन् । उनले देश अब निर्वाचनमा गइसकेको पनि बताए । तिनकुनेस्थित रोयल बैंक्वेटमा भइरहेको भेलालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत थुप्रै शीर्ष नेताले सम्बोधन गरेका थिए।

