काठमाडौँका विभिन्न क्षेत्रमा आज २ घण्टा विद्युत काटिने


काठमाडौँ – नेपाल विद्युत प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत कटौती गर्ने भएको छ।

ट्रान्सफर्मर जडान तथा अन्य मर्मतको काम गर्नुपर्ने भएकोले विद्युत कटौती हुने प्राधिकरणले जानकारी दिएको छ।

महाराजगञ्ज वितरण केन्द्र र पुल्चोक वितरण केन्द्र अन्तर्गतका स्थानमा फरकरफरक समयमा कम्तिमा दुई घण्टासम्म विद्युत कटौती हुने छ।

महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको गणेशस्थान फिडर अन्तर्गत पर्ने धापासी महिला स‌ंघ क्षेत्रमा ट्रान्सफर्मर जडान कार्यको लागि मध्यान्न १२ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत कटौती हुने छ।

यसबाट भंगाल, हात्तीगौडा, हेपाली, धापासी हाइट, कुवर कोलोनी, मनकामना टोल, ग्रीनल्याण्ड चोक लगायतका क्षेत्रको विद्युत २ घण्टा अवरुद्ध हुने छ।

यस्तै पुल्चोक वितरण केन्द्र अन्तर्गतको बागमती फिडर अन्तर्गत सानेपा समिट होटल क्षेत्रमा पोल व्यवस्थापन गर्नुपर्ने भएकोले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणले जानकारी दिएको छ।

यसबाट सानेपा राम मन्दिर, गुसिंगाल, एडभान्स कलेज, लीला घर, अमरावती, सानेपामोड, रेडियन्ट स्कुल क्षेत्र लगायतका स्थानमा विद्युत अवरुद्ध हुने छ।

निर्धारित समय अगावै मर्मतको काम सम्पन्न भएमा तोकिएको समयभन्दा अगाडि नै विद्युत सुचारु गरिने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया