
यी हुन् कांग्रेसमा थपिन लागेका एक दर्जन भ्रातृ तथा शुभेच्छुक संस्था
काठमाडौँ- नेपाली कांग्रेसले नयाँ भ्रातृ तथ शुभेच्छुक संस्था थप गर्ने तयारी गरेको छ। आइतबार बसेको पदाधिकारी बैठकले करिब एक दर्जन भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने एजेन्डा केन्द्रीय समितिमा लैजाने निर्णय गरेको हो। कांग्रेस केन्द्रीय समितिको बैठक आज सोमबारदेखि पार्टी मुख्यालय सानेपामा बस्दै छ। बैठकमा यी संस्थालाई मान्यता दिने, स्थानीइ तहको निर्वाचनको समीक्षा गर्ने, आगामी रणनीतिबारे छलफल गर्ने एजेन्डा रहेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। बैठक दिउँसो १ बजेदेखि बस्दै छ।
यी हुन् थपिने लागेका भ्रातृ संस्थाहरू
- नेपाल थारू संघ
- नेपाल आदिवासी जनजाती महासंघ
यी हुन् थपिन लागेका शुभेच्छुक संस्थाहरू
- नेपाल लोकतान्त्रिक खेलकुद संघ
- नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ
- नेपाल लोकतान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघ
- नेपाल लोकतान्त्रिक उद्योग व्यापार व्यवसायी संघ
- नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ
- नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ
- नेपाल लोकतान्त्रिक आयुर्वेद तथा प्राकृतिक चिकित्सक संघ
- नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघ
- नेपाल लोकतान्त्रिक भाषा साहित्य लेखक संघ



कागजपत्र |
