चुनावमा मत बढाउन एमालेले यी तीन काम गर्ने


काठमाडौं- नेकपा (एमाले)ले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा मत आफ्नो पक्षमा बढाउनका लागि योजना बनाएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी)मा मत बढाउनका लागि तीन काम गर्न निर्देशन दिएका छन्। उनले एमाले सरकारले गरेका कामको प्रचार गर्न निर्देशन पनि दिएका छन्।

मत वृद्धिका लागि गर्ने कामहरुमा भनिएको छ :

मतदाता नामावली अद्यावधिक गर्ने,

छुटेका मतदाताको नाम समावेश गर्ने अभियान सञ्चालन गर्ने र दोहोरिएका नामहरू हटाउन निर्वाचन आयोगको ध्यानाकर्षण र पहल गर्ने,

आम जनसमुदायमा पार्टीका नीति र अजेण्डाको व्यापक प्रचार गर्ने। (एमाले सरकारले गरेका कामको सशक्त प्रचार गर्ने ।)
त्यसैगरी, एमालेले बहुमतका लागि करिब १६ प्रतिशत मत आवश्यक पर्ने पनि बताएको छ। आवश्यक मत वृद्धि गर्न पनि योजना बनाइने अपानीमा उल्लेख छ।

‘हामीलाई बहुमतका लागि आवश्यक पर्ने करिब १६ प्रतिशत मत अपुग छ। त्यसलाई वृद्धि गर्न सकिन्छ र यसका लागि ठोस योजनाका साथ अगाडि बढ्ने, नयाँ पुस्तामा विशेष ध्यान दिने,’ अपानीमा भनिएको छ , ‘पार्टीको जनाधार बलियो भएको ठाउँमा जनाधारलाई सुदृढ गर्ने। कमजोर जनाधार भएको ठाउँमा जनाधार विस्तारमा जोड दिने।’

प्रतिक्रिया