अन्ना हजारे आफ्नो जीवनको अन्तिम अनशन बस्ने:किसानको सर्मथन, कृषि कानुनको विरोध


काठमाडौँ – भारतीय चर्चित समाजसेवी अन्ना हजारेले आफ्नो जीवनको अन्तिम भोक हड्ताल (अनशन) गर्ने भएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक पत्र लेख्दै अहिले चलिरहेको किसान आन्दोलनको समर्थनमा र सरकारले ल्याएको कृषि कानुनको विरोधमा जनवारीको अन्तिम तिर दिल्लीमा भोक हड्ताल शुरु गर्ने जानकारी गराएका छन् ।

अन्न हजारेले ५१ दिनदेखि आन्दोलनमा रहेका किसानहरुको समर्थन गर्दै सरकारले ल्याएको कृषि कानुनमा लोकतान्त्रिक मुल्य मान्यताको उपेक्षा भएको बताएका छन् ।

यद्यपी अन्ना हजारेले भोक हड्तालको मिति भने तोकेका छैनन् ।

उनले किसानको मुद्धामा आफुले मोदी सरकारलाई अहिलेसम्म पाँच पत्र लेखेपनि कुनै पत्रको जवाफ नपाए पछि जीवनको अन्तिम अनशनमा जान लागेको बताएका छन् ।

प्रतिक्रिया