

बेँसीसहर-चामे सडक एक साता बन्द

लमजुङ – बेँसीसहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ ।
मस्र्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान गर्न बन्द गरिएको हो । सडक ढलान तथा स्तोरोन्तिका सकिएपछि सवारीसाधन आवागमन सुचारु हुने डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका प्रमुख अच्युतविलास पन्तले जानकारी दिए ।
६० लाख रुपैयाँमा श्रीकृष्ण निर्माण सेवाले उक्त कामको जिम्मा पाएको छ । ६५ किलोमिटर दूरीको बेँसीसहर–चामे सडक लमजुङतर्फ ३५ किलोमिटर पर्दछ । बर्खायाममा उक्त खण्ड अवरुद्ध हुने गरेको छ ।

