नेता समातिएपछि विप्लवद्वारा नेपाल बन्दसहितका कार्यक्रम सार्वजनिक


काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले नेपाल बन्दसहित संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

पार्टी नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ पक्राउ परेको विरोधमा ‘विप्लव’ समूहले संघर्षका कार्यक्रम घोषणा गरेको हाे।

बिहीबार विप्लवले विज्ञप्ति सार्वजनिक गर्दै नेपाल बन्दसहितका संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

पुस २९ गते पार्टीको केन्द्रीय समिति सचिवालयका सदस्यसमेत रहेका नेता कञ्चन पक्राउ परेको विरोधमा विप्लव समूहले माघ ३ गतेदेखि १० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

विप्लव समूहले नेता कञ्चनसँगै पार्टीका नेताहरु विवेक र विशालाई नियन्त्रणमा लिएको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको बताएको छ ।

biplov_20210114113345.jpg

प्रतिक्रिया