विप्लव समूहको चन्दा आतंकः रेल विभाग ५० र ग्यालेक्सी स्कुल २० लाख दिनेमा, एनआईसी एशियामा खाता सञ्चालन


काठमाडौं । अर्धभूमिगत राजनीति गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहले विभिन्न सरकारी तथा निजी क्षेत्रबाट चन्दा उठाइरहेको प्रमाण भेटिएको छ ।

उपत्यकाबाट गत मंसिरमा पक्राउ परेका केन्द्रीय अर्थ विभागका सदस्यद्वय प्रेम दर्नाल ‘विकल्प’ र सञ्जीव नेपाली ‘सुवर्ण’ बाट बरामद डायरीबाट उक्त कुरा सार्वजनिक भएको हो ।

विप्लवसमूहका अर्थ विभागका सदस्यद्वयको पक्राउसँगै विप्लव समूहले सरकारी निकाय रेल विभागका साथै उपत्यकाकै विद्यालय तथा कलेज सञ्चालकहरुसँगबाट रकम उठाएको स्पष्ट भएको छ ।

उनीहरुका अनुसार रेल विभागका महानिर्देशक बलराम मिश्रबाट २०७६ साल चैत १ गते ५० लाख रुपैयाँ चन्दा लिएका छन् भने त्यस्तै अमर कन्स्ट्रक्नका भद्र शाहीबाट २०७७ असोज ९ गते ८ लाख ५० हजार उठाएको उल्लेख गरेका छन् ।

त्यस्तै ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कूलकी सञ्चालिका गीता राणाबाट २०७७ असोज ३ गते २० लाख रुपैयाँ र एपेक्सका राजन बास्तोलाबाट २०७७ असोज ५ गते १० लाख रुपैयाँ लिएको उल्लेख गरिएको छ ।

त्यस्तै उनीहरुले एनआईसी एशिया बैंकको प्रयोग गर्ने पनि तथ्य खुलेको छ । उनीहरुले २०७७ साउन ५ गते ‘कम्पनी १ श्रावण महिनाको मासिक’ बापत ३ लाख ५३ हजार ७ सय रुपैयाँ उल्लेख गरेका छन् ।

प्रतिक्रिया