
माग सम्बोधन नभएकाे भन्दै राप्रपाको मसाल जुलुस
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको विरोधमा मसाल जुलुस प्रदर्शन गरेको छ। शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा मसाल जुलुससहित राप्रपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन्।
गत असार १ गते सरकारलाई बुझाएको २२ बुँदे माग सम्बोधन नभएको भन्दै मसाल जुलुस प्रदर्शन गरिएको हो। राप्रपा अध्यक्षसमेत रहेका राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे मागसहित ज्ञापन पत्र बुझाएका थिए।



कागजपत्र |
