
गाडीमा भारी कर लगाएपछि जिल्ला सभापतिले गरे संयुक्त विरोध
दुई पटक नवीकरण गर्नुपर्ने निर्णयले यातायात क्षेत्र र आम जनतामा कठिनाइ थपिने र पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै दैनिक उपभोग्य सामग्रीमा बढेको चर्को महँगीले जनताको ढाड सेकिरहेको अवस्थामा प्रदेश सरकारले लिएको नीति जनघाती भएको बताइएको छ ।
‘प्रदेश सरकारले दिगो विकासलाई ध्यानमा राख्दै योजना तर्जुमा गरोस् । उत्पादन बढाउने कार्यक्रम ल्याओस्,’ उनीहरूले भने, ‘जनतालाई आत्मनिर्भर बनाउन र रोजगारीको सिर्जना गर्ने कार्यक्रम बनाउनु पर्छ । यातायातमा भएको अनियमितता हटाए आम्दानी स्वतः बढ्छ । दर बढाउनु आवश्यक छैन ।’
प्रदेशको अधिकतम आम्दानीको श्रोत यातायात क्षेत्र भएको छ । यसैमा उपभोक्तालाई बढी सास्ती हुने गरी नीति ल्याइएको भन्दै सत्तारुढ कांग्रेसकै सभापतिहरूले विरोध जनाएको गोरखा कांग्रेसका सभापति नन्दप्रसाद न्यौपानेले जानकारी दिए । यसमा ११ वटै जिल्लाका सभापतिले हस्ताक्षर सहित विज्ञप्ति सरकारलाई बुझाएका छन् ।



कागजपत्र |
