पत्रकार सम्मेलन गरेर राजीनामा दिँदै रामकुमारी झाँक्री


काठमाडाैं – शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्री पद छाड्ने भएकी छन् । यसका लागि उनले मन्त्रालयमा आइतबार साँझ पत्रकार सम्मेलनको आयोजना पनि गरेकी छन् ।

यसअघि पर्यटनमन्त्री प्रेम आलेले पदबाट राजीनामा दिएका थिए । उनले नेकपा (एस) अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाएका थिए।

असार १० गते मन्त्री फेरबदलमा असन्तुष्टि जनाउँदै चार मन्त्रीसहित नेकपा एसका १० सांसदले संसदीय दलको बैठक माग गर्दै अध्यक्ष नेपालसमक्ष लिखित निवेदन दिएका थिए ।

नेकपा (एस)ले जेठ २२ गते मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया