

बजेटअघि नै ल्याएकाे भन्दै एमालेले च्यात्याे राताे किताब, पाेखराकाे नगरसभा बहिष्कार

४ बजे बैठक सुरु भएपछि एमाले उठेर विराेध जनाएकाे थियाे ।
दलकाे नेता राधिका शाहीले राताे किताब बजेट अघि नै आएकाे बिराेध जनाइन् । त्यसपछि नाराबाजी सुरु भयाे । `बजेट निर्माणमा हामीसँग छलफल र समन्वय भएकाे छैन,´ उनले भनिन्, `राताे किताब कसरी आयाे आजै ?´
उनले बैठक चल्न नदिने बताएपछि स्थगित भएकाे छ । मेयर धनराज आचार्यले भने राताे किताब नभई ड्राफ्ट मात्र बनाएकाे बताए । `याे राताे किताब हैन, ड्राफ्ट हाे । छलफल पछि मात्र पास हुन्छ,´ उनले भने ।
शाहीले राताे किताब च्यातिदिएकी छिन् । अहिले सभागृह अगाडि नाराबाजी चलिरहेकेा छ ।

