आजको मौसम : चारवटा प्रदेशमा भारी वर्षा


काठमाडौँ- प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी  प्रदेशमा मेघ गर्जनर चट्याङसहित वर्षाको सम्भावना छ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशलगायतका भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। आज राति प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

प्रतिक्रिया