ट्राई साइकल र ह्वीलचेयर अपाङ्गताको सहारा


लहानजन्मजात दुबै खुट्टा नभएकी सप्तरीको कञ्चनरुप नगरपालिका४ जगतपुरकी पुष्पा चौधरीको अनुहारमा बेग्लै खुशी देखिन्छ । दुवै खुट्टा नभएर सधैँ अरुको साहारमा जीवन बिताउँदै आएकी उनको अनुहारमा खुशी फर्किनुको कारण निःशुल्क ट्राई साइकल हो । दुवै खुट्टा नभएपछि अरुको साहारमा कष्टकर जीवन बिताइरहेको थिएँ३२ वर्षीया पुष्पाले भनिन्, ‘तर राष्ट्रिय आपाङ्गता पुनःस्थापना समाजले निःशुल्क ट्राई साइकल दिएपछि हिँडडुल गर्न र आत्मनिर्भर बन्ने बाटो खुलेको छ ।अब ट्राई साइकलकै साहाराले  रोजगारी गर्नसक्छु भने आत्मविश्वास पलाएको उनको कथन छ ।

आर्थिक अभावका कारण सहायक सामग्री खरिद गर्न नसकेकी उनले ढिलै भए पनि ट्राई साइकल पाएपछि आफ्नो जीवनमा ठूलो परिवर्तन आउने विश्वास व्यक्त गरिन् । कक्षा ५ सम्मको अध्ययन गरेकी उनले भनिन्, ‘पढ्ने रहर थियो, तर खुट्टा नहुँदा विद्यालय जान सक्ने अवस्था थिएन् त्यसैले पढाइ अधुरैमा छाड्नु प¥यो ।

विगत एक दशकदेखि पक्षघातका कारण पीडित कञ्चनरुप नगरपालिका१ बैरबाका ६५ वर्षीय शेख अबासको पनि जीवनमा ह्वील चेयरको साहारा बनेको छ । पक्षघातको शिकार भएर थलिएका अबासको लागि ह्वील चेयर बरदान नै सावित भएको छ । पक्षघात भएपछि उहाँलाई उठबस गर्न सक्ने अवस्था छैन्, अबासका छोरा इब्रामले भने, ‘तर ह्वील चेयर पाएपछि अहिले उहाँ एक ठाउँबाट अर्काे ठाउँमा सहज रुपमै घुमफिर गर्न सक्ने हुनुभएको छ ।

पोलियो भएर दुबै खुट्टा काम नलाग्ने भएपछि कष्टकर दिन बताउँदै आएकी कञ्चनरुप४ जगतपुरकै अनिता चौधरीको लागि पनि बाँच्ने ठूलो आधार बनेको छ, ह्वील चेयर । खुट्टा नै नभएपछि घरमै बसाएर दिशापिसाब गराउनुपर्ने अवस्था थियो उनकी आमा सुमित्राले भनिन्, ‘तर ह्वीलचेयर पाएपछि अब सहज भएको छ ।

पुष्पा, अबास र अनिता नभइ लामो समयदेखि आपाङ्गताको रुपमा कष्टकर जीवन बिताउँदै आएका सप्तरीको कञ्चनरुपमा ५१ जना आपाङ्गता भएका व्यक्तिका लागि ट्राई साइकल, ह्वील चेयर र सेतो छडी साहार बनेको छ । कञ्चनरुप नगरपालिकाको विभिन्न वडाका आपाङ्गता भएका व्यक्तिलाई राष्ट्रिय आपाङ्गता पुनःस्थापना समाजले ह्वील चेयर, ट्राईसाइकललगायतका सहायक सामग्री वितरण गरेको छ ।

कञ्चनरुपको सामाजिक विकास शाखा र सामाजिक अभियन्ता चन्द्रकिशोर कल्याणको समन्वयमा राष्ट्रिय आपाङ्गता पुनःस्थापना समाजले कञ्चनरुपको विभिन्न वडाका ५१ जना आपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गरेको हो ।

नगरको ५१ आपाङ्गता भएका व्यक्तिलाई १९ थान ह्वील चेयर, १०  ट्राई साइक, १० जोडी वैशाखी, पाँच सेतो छडी, दुई वाकर र पाँच एल्बो वैशाखी वितरण गरेको राष्ट्रिय आपाङ्ग पुनःस्थापना समाजका उपाध्यक्ष सुगम भट्टराईले जानकारी दिए ।

देशका ७७ जिल्लाका आपाङ्गताता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गर्ने लक्ष्यका साथ अभियान शुरु गरेको र हालसम्म ६५ जिल्लाका आपाङ्गता व्यक्तिलाई ह्वील चेयर, ट्राईसाइकल वितरण गरिसकेको उनले बताए । नगरपालिका कार्यालय परिसरमा आयोजित सहायक सामग्री वितरण कार्यक्रममा नगरप्रमुख वसन्तकुमार मिश्र, उपप्रमुख निरु पोखरेल, प्रमुख प्रशासकीय अधिकृत नवराज खडकाले आपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री प्रदान गरे ।

(रासस)

प्रतिक्रिया