अर्घाखाँचीमा ७ वर्षीया र मोरङमा ८ वर्षीया बालिका बलात्कृत


अर्घाखाँची – अर्घाखाँचीमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । मालारानी गाउँपालिका(७ बामरुक कोईराल टोल बस्ने ३५ वर्षीय कमल महतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । महतले ती बालिकालाई शुक्रबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हंशपुर अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै मोरङमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनपालथान गाउँपालिका(५ कर्सिया बस्ने ६० वर्षीय पुरण ऋषिदेवलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ऋषिदेवले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यसैगरी पाल्पामा २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पूर्वखोला गाउँपालिका(३ रिङ्नेरह बस्ने ३१ वर्षीय श्याम परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । परियारले ती महिलाको घरमा गई कोही नभएको अवस्थामा शुक्रबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पूर्वखोला र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया