धन्यवाद ज्ञापनलगत्तै फाेहाेर व्यवस्थापनमा मेयर शाहकाे ध्यान

सिसडोल र बञ्चरेडाँडा पुगे बालेन


काठमाडौं – काठमाडौं महानगरपालिकाको नगरप्रमुख (मेयर) मा नवनिर्वाचित बालेन्द्र साह (बालेन)ले उपत्यकाको फाेहाेर व्यवस्थापनका लागि प्रथामिकताका साथ लागेका छन् ।

यसका लागि उनी धन्यवाद ज्ञापन र्‍यालीलगत्तै उपत्यकाको फोहोर विसर्जन गरिने ठाउँ सिसडोल र बञ्चरेडाँडा पुगेका हुन्। उनले त्यहाँ स्थानीयहरूसँग पनि कुराकानी गरे।

फोहोर काठमाडौं उपत्यकामा ठूलो समस्या रहँदै आएको छ। अहिले त झन् लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन। काठमाडौंका सडक र गल्लीमा फोहोरका डंगुर थुप्रिएका छन्।

बालेनले काठमाडौंको फोहोरको समस्या समाधान नगरी जितको उत्सव नमनाउने, खादा र माला नलाउने घोषणा गरेका छन्।

प्रतिक्रिया