

तनहुँको व्यासमा कांग्रेसी र पूर्वकांग्रेसीबीच टक्कर

काठमाडौं- तनहुँको व्यास नगरपालिका प्रमुखमा स्वतन्त्र उमेदवार दीपकराज जोशीको अग्रता कायम छ ।
उनले ७ हजार ३८६ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका बैकुण्ठनाथ न्यौपानेले ७ हजार ३४४ मत पाएका छन् । जोशी ४२ मतले मात्रै अगाडि रहेकाे जिल्ला निर्वाचन आयोगले जनाएको छ ।

