समृद्ध हेटौँडा बनाउने उपमहानगर प्रमुख लामाको प्रतिबद्धता


काठमाडौं – बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाले पहिलोपटक जनजाति महिलालाई नगरप्रमुखको रूपमा पाएको छ । महानगरपालिकामा महिलाले नेतृत्व गरेको भए पनि सङ्घीय राजधानीसमेत रहेको प्रदेशको उपमहानगरले महिला नेतृत्व पाउनु आधा आकाश र धर्ती ढाकेका महिलालाई एक प्रकारको गौरवको महसुस गराएको छ ।

संयोग पनि कस्तो परेको छ भने पूर्ववर्ती पार्टीका आफैँले नेतासमेत मानेका चलनचल्तीको भाषामा ‘हेभिवेट उम्मेदवार’लाई पराजित गरेर नयाँ इतिहास कायम गर्ने सुअवसरसमेत प्राप्त भएको छ मीना लामालाई । सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा ९एकीकृत समाजवादी०का मीना निर्वाचित हुनुभएको हो । सत्तारुढ गठबन्धनको भागबण्डामा हेटौँडा उपमहानगर एकीकृत समाजवादीको हातमा परेको थियो । निर्वाचन अगाडि कम मत भएको जस्ता टिप्पणी गरिएको थियो ।

गठबन्धनका तर्फबाट इमान्दार प्रयास, व्यवस्थित निर्वाचन परिचालनलगायत कारणले लामाले जित निकाल्नुभएको हो । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को सहयोगमा भएको विजयले हेटौँडालाई समृद्ध बनाउने सङ्कल्पलाई पूरा गर्ने विश्वास गरिएको छ ।

उपमहानगरपालिकाको नेतृत्वमा निर्वाचित भएसँगै उहाँले हेटौँडालाई महिला र बालमैत्री नगर बनाउने प्रतिबद्धता दोहो¥याएका छन् । उनले उपप्रमुख हुँदा आफूले गर्न नसकेको र गर्नैपर्ने काम अब क्रमशः पूरा गर्दै जाने विश्वास दिलाएका छन्।

नगरप्रमुख लामाले हेटौँडामा महिला र बालबालिकामैत्री वातावरण बनाउन स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भए पनि पूर्वाधार बनाउन नसकेको बताउँदै अब आफ्नो कार्यकालमा सो काम पूरा गरेरै छाड्ने दाबी गरे ।

महिलामैत्री नगर बनाउनका लागि उपयुक्त सार्र्वजनिक शौचालय बनाउने र उक्त शौचालयहरूमा सेनिटरी प्याड भेन्डिङ मेसिन जडान गर्ने र बजार क्षेत्रको विभिन्न स्थानमा स्तनपान कक्ष निर्माण गर्ने उनको योजना छ । त्यसका साथै हेटौँडामा महिला नगर परिषद् गठन गर्ने, दलित, बिपन्न, जनजाति तथा पिछडिएका महिलाका लागि सीपमूलक एवं आयआर्जनमुखी कार्यक्रम ल्याउनुका साथै प्राविधिक शिक्षादेखि स्नातक शिक्षासम्म छोरी–बुहारीहरूलाई अनिवार्य अध्ययन गराउनका लागि छात्रबृत्तिको व्यवस्था गरिने जानकारी दिए ।

सेफहाउसका साथै महिला छात्रावास निर्माण गर्ने योजनासमेत नगरप्रमुख लामाले भने । नगरलाई बालमैत्री बनाउँदै घोषणा गर्ने सपना उपप्रमुख हुँदैमा देखेकाले त्यो कार्य पूरा गर्ने उनको भनाइ छ । विपन्न छात्राहरूका लागि स्नाकोत्तरसम्म अध्ययन गराउने त्यसका लागि छात्रावाससमेत बनाउने उनको योजना छ ।

हेटौँडामा प्रसूति र ज्येष्ठ नागरिक अस्पताल

नगरप्रमुख लामाले हेटौँडामा प्रसूति अस्पताल र ज्येष्ठ नागरिक अस्पताल बनाउने योजनासमेत आफ्नो रहेको बताए । महिलालाई सुरक्षित प्रसूति सेवा दिनका लागि प्रसूति अस्पताल र ज्येष्ठ नागरिकलाई छिटो–छरितो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने योजना पनि आगामी पाँच वर्षमा पूरा हुने उनको भनाइ छ ।

उनले आर्थिक केन्द्रका रूपमा विकसित हुँदै गएको हेटौँडा र त्यहाँका बासिन्दालाई सहज आर्थिकरूपले पनि सम्पन्न बनाउनका लागि विभिन्न कार्यक्रम ल्याएर युवालाई रोजगारी प्रदान गरिने बताउनुभयो । त्यसका साथै घोषणापत्रमा उल्लेख गरिएअनुसारको सबै काम गरिने र सुरुआतीरूपमा विपन्न घरधुरीलाई ३०० युनिट बत्ती र १० हजार लिटर पानी निःशुल्क उपलब्ध गराउने र यो सुविधा सबै घरधुरीमा पु¥याइने योजनालाई कार्यान्वयन गरेरै छाडिने जानकारी दिए ।

प्रतिक्रिया