सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा २७ वर्षीय कर्मचारीको मृत्यु


काठमाडौं। सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको मृत्यु भएको छ। बुधबार राति ८ बजेतिर खाना खाएर फर्किँदै गरेका २७ वर्षीय विजय कार्कीको राष्ट्रिय अनुसन्धान विभाकै परिसरमा रुखको हाँगाले किचेर मृत्यु भएको हो।

रुखको हाँगाले लागेपछि घाइते भएका उनलाई उपचारको लागि बानेश्वरस्थित सिभिल अस्पताल पुर्याइएको र उपचारको क्रममा त्यहीँ चिकित्सकले मृत घोषणा गरेको राष्ट्रिय अनुसन्धान आयोगले  जानकारी दिएको छ।

रुखको हाँगाले लाग्दा उनको ढाड तथा टाउकोमा गम्भीर चोट लागेको बताइएको छ।

प्रतिक्रिया