चुनाव हार जितको विषयमा दाजुभाईकाे विवाद, गोली चल्यो


धनुषा – धनुषाको नगराइन नगरपालिका–८ मा दुई पार्टीमा आवद्ध दाजुभाईबीच विवाद हुँदा गोली चलेको छ । चुनाव हार जितको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा एमाले समर्थक दाजुभाईबीचको विवादले गोली चलेको हो ।

चुनाव हारजितको विषयमा दाजुभाईहरुबीच नसिव पासवान, जामुन पासवान र श्रीनारायण पासवानबीच विवाद भएको हो। झगडामा सम्लग्न भएको आशंकामा प्रहरीले ११ जनालाई पक्रउ गरेको छ ।

घटनास्थलबाट प्रहरीले पेस्तोल समेत बरामद गरेको छ । फायर भएको एक राउण्ड गोलीको खोका समेत प्रहरीले फेला पारेको जनाएको छ ।

प्रतिक्रिया