९ महिनापछि खुल्यो संसद् अवरोध, एमाले उपमहासचिव ज्ञवालीले गरे सम्बोधन


काठमाडाैं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नौ महिनादेखिको संसद् बैठककाे अवरोध हटाएको छ ।  नौ महिनापछि आज मङ्गलवार एमालेले संसद् बैठकमा अवरोध नगरेको हाे ।

आजकाे बैठकको सुरुमै एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बैठकलाई सम्बोधन गरेका छन् । उनले सभामुखले गलत गरेको र पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाएका छन् ।

एमालेले अवरोध छाडेसँगै संसदको बजेट अधिवेशन हुने भएको छ । आफूले हटाएका १४ जना सांसदलाई बर्खास्त नगरेको भन्दै सभामुखको विरोधमा एमालेले गएको भदौ २३ गतदेखि निरन्तर संसद् बैठक अवरोध गर्दै आएको थियो ।

प्रतिक्रिया