महालक्ष्मीको दशैं तिहार अफर


काठमाडौँ – दसैँको अवसरमा महालक्ष्मी विकास बैंक लिमिटेडले कर्जा सुविधा लिएका ऋणीहरूलाई तिनुपर्ने ब्याज भुक्तानीमा छुट प्रदान गर्ने निर्णय गरेको छ ।

विश्वमा फैलिएको कोरोना भाइरसको कारणले उत्पन्न असहज परिस्थितिमा कर्जा सुविधा लिएका ग्राहकहरूलाई राहत पुर्‍याउने उद्देश्यले असोज मसान्तभित्र तिनुपर्ने व्याज भुक्तानीमा व्याज रकममा दश प्रतिशत छुट प्रदान गर्ने निर्णय मगंलबार बैंकले गरेको हो ।

उक्त छुट योजना असोज मसान्तभर मात्र प्रदान गर्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार यस विषम परिस्थितिमा पनि कर्जाको किस्तावन ब्याज भुक्तानी गरेर ऋणीहरूले देखाएको इमान्दारीतालाई कदर गर्दै केही कर्जाहरूको व्याजदरसमेत घटाएको छ ।

आउँदै गरेको विजयदशमी, तिहार तथा छठको उपलक्ष्यमा आफ्ना सम्पूर्ण ग्राहकहरूलाई शुभकामना व्यक्त गर्न चाहेको बैंकले जनाएको छ

प्रतिक्रिया