भरतपुरमा अघि लागे सुवेदी, ५४ मतले रेणु दाहाल पछाडी


चितवन – भरतपुर महानगरपालिकामा नेकपा एमालेका विजय सुवेदीले अग्रता कायमै राखेका छन्।

भरतपुर महानगरपालिकामा १४०३० मत गणना हुँदा सुवेदीले ४७५७ मत ल्याएका छन्। त्यस्तै माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ४७०३ मत ल्याएकी छन्। कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले २१३१ मत ल्याएका छन्।

त्यस्तै उपमेयरका उम्मेदवार कांग्रेसका चित्रसेन अधिकारीले ५५९५ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ३७८९ मत ल्याएकी छन्।

प्रतिक्रिया