
देशभर थप ७ जनामा कोरोना पुष्टी, ९ संक्रमणमुक्त
काठमाडौं – पछिल्लो २४ घन्टामा देशभर ७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २७८५ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार उक्त अवधिमा ९ जना कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोनाविरुद्धको खोप कसैले पनि लगाएका छैनन् । अहिलेको अवस्थामा नेपालमा १३९ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।



कागजपत्र |
