आक्रमणमा तीन चिनियाँ मारिएपछि चिनियाँहरुले कराँची छाड्न थाले


काठमाडौं – गत अप्रिल २६ मा आत्मघाती बम आक्रमणमा परी ३ जना चिनियाँ नागरिकको मृत्यु भएपछि चिनियाँहरुले धमाधम कराँची छाड्न थालेका छन् ।

गत अप्रिल २६ मा बलोचिस्तान लिबसेसन आर्मी (बिएलए) का आत्मघाती लडाकुले कराँची विश्वविद्यालयमा बम आक्रमण गर्दा तीन चिनियाँ तथा एक पाकिस्तानी नागरिकको मृत्यु भएको थियो ।

त्यसयता कराँची शहरबाट चिनियाँ नागरिकहरु भाग्न थालेको देखिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ।एएनआईका अनुसार सामाजिक सञ्जालमा भाइरल तस्वीर तथा भिडियोहरूमा विमानस्थलमा कराँची छाड्न चाहने चिनियाँहरूको भीड देख्न सकिन्छ ।

कराँचीमा आक्रमण भएयता २ हजार भन्दा धेरै चिनियाँहरु त्यहाँबाट पलायन भएको एएनआईले जनाएको छ । चीन पाकिस्तान आर्थिक करिडोर सिपेक परियोजनामा काम गर्ने धेरै चिनियाँ कामदारहरु कराँचीमा बस्दै आएका छन् ।

प्रतिक्रिया