चितवनको माडीमा मतमतगणना स्थगित, सर्वदलीय बैठक बस्दै


चितवन – चितवनको माडीमा मतगणना स्थगित भएकाे छ। निर्वाचनको मतगणनाका क्रममा विवाद भएपछि वडा नम्बर २ मा अहिले सर्वदलीय बैठक बस्दै छ।

वडाका आफ्ना उम्मेदवार विजयी भएको भन्दै माओवादी केन्द्रले विजय जुलुस निकाल्ने तयारी गरिरहेका वेला राप्रपाले पुनः मतगणना हुनुपर्ने माग राख्दै विरोध गरेको छ।

निर्वाचन अधिकृत माडी नगरपालिकाका चूडामणि शर्मा गौतमले आधिकारिक सूचना नभई सामाजिक संजालको सूचनालाई आधिकारिक मान्दा विवाद सिर्जना भएको बताएका छन्।

प्रतिक्रिया