भरतपुरमा झिनो मतान्तर, रेनु दाहाललाई २ मतकाे अग्रता


चितवन – भरतपुर महानगरपालिकाकाे मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालकाे अग्रताकाे अन्तर दुई मतमा झरेकाे छ ।

अहिलेसम्म ६ हजार ६ सय ७७ मतगणना हुँदा दाहालले दुई हजार चार सय २५ मत प्राप्त गरेकी छिन् । उनकाे प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले दुई हजार चार सय २३ मत प्राप्त गरेकी छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार सात सय ९५ मत ल्याउँदै तेस्राे नम्बरमा छन् ।

प्रतिक्रिया