राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दै


काठमाडौँ – राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । यसअघि पुस १७ गते बसेको बैठक अनुसार पुर्व निधारित समयमा राष्ट्रिय सभाको बैठक आज (बिहिबार) दिउँसो १ बजे बस्ने भएको हो

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची छ । यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाअन्तर्गतका विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्ने छन् ।

नियमित कार्यसूचीका साथै सांसदहरुले संसद विघटनपछि देशको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउने तयारीसमेत गरेका छन् ।

यससअघि बसेको बैठकमा नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी दल जसपाका नेताहरूले दलका तर्फबाट धारणा राखेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विषयमा दलका नेताहरूले विरोध गरेका थिए ।

प्रतिनिधिसभा विघटन भएपछि यो दोस्रो बैठक हो ।

प्रतिक्रिया