मेस्सीको दुई गोलले बार्सिलोना जित्यो संघर्षपूर्ण खेल


एजेन्सी – लियोनल मेस्सीको दुई गोलको सहयोगमा बार्सिलोना विजयी भएको छ ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको बिल्बाओलाई ३–२ ले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा मेस्सीले ३८ र ६२ औँ मिनेटमा गोल गरे । त्यसअघि १४ औँ मिनेटमा गोन्जालेजले गोल गरेका थिए ।

एथ्लेटिको बिल्बाओका लागि तेस्रो मिनेटमा विलियम्स तथा ९० औँ मिनेटमा मुनिएइनले गोल गरेका हुन् ।

जितपछि १७ खेलबाट ३१ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा पुगेको छ। १८ खेलबाट २१ अंकसहित एथ्लेटिको बिल्बाओ नवौँ स्थानमा छ ।

प्रतिक्रिया