हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु


मकवानपुर – हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु भएको छ। बिहान ७ बजेदेखि उपमहागरपालिकाको मतगणना सुरु भएको हो।

उपमहानगरपालिकाको १९ वटा वडाको मतगणनाका लागि ४ वटा कोठा तयार पारिएको छ। १, २, १८, १९ नम्बर वडाको एकसाथ सुरु गर्ने योजना रहेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए।

त्यसैगरी मकवानपुरका ४ वटा गाउँपालिकामा बिहान ४ बजेदेखि नै मतगणना सुरु भएको थियो। मकवानपुरको थाहा नगरपालिका, मनहरी, इन्द्रसरोबर र भीमफेदी गाउँपालिकामा पनि विहान ४ बजेदेखि नै मतगणना भइरहेको छ।

प्रतिक्रिया