सञ्चार मन्त्री कार्कीविरुद्ध सुनसरीमा नारा – एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन


सुनसरी – सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध सुनसरीमा स्थानीयले नाराबाजी गरेका छन्।सुनसरीको बराह क्षेत्र नगरपालिका ६ चक्रघट्टीमा मतदान केन्द्रअगाडि स्थानीयले नाराबाजी गरेका हुन् ।

‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्दै उनीहरूले नाराबाजी गरेका थिए । कार्की सुनसरीबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनमा भूमिका खेलेको भन्दै स्थानीयले उनीविरुद्ध नाराबाजी गरेका हुन् ।

प्रतिक्रिया