शताब्दी पुरुष सत्यमोहन जोशी १०३ औं वर्षमा


काठमाडाैं – वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् सत्यमोहन जोशी आज एक सय ३० वर्ष लागेका छन् । उनलाई वाङ्मय शताब्दी पुरुषको पदवीसमेत प्रदान गरिएको छ ।

जोशीको जन्म वैशाख १९९७ वैशाख ३०, बखुम्बहालमा भएको थियो । उनका पिता शंकरराज जोशी र आमा राजकुमारी जोशी हुन् ।

उनको पुस्तक ‘हाम्रो लोक संस्कृति’ (वि.सं २०१३) ले पहिलो मदन पुरस्कार जितेको थियो । साथै, नेपाली राष्ट्रिय मुद्रा (वि.स. २०१७) र कर्णाली लोक संस्कृति (वि.स २०२८) गरी तीन पटकको मदन पुरस्कार जित्ने एक मात्र स्रष्टा हुन् । त्यस्तै, सुप्रबल गोरखा दक्षिणवाहुबाट पनि उनलाई सम्मान गरिएको छ ।

जोशी स्वस्थ खानपान नै स्वस्थ जीवनको कारण बताउँछन्।

प्रतिक्रिया