
बाग्लुङका मतगणना स्थलमा सीसी क्यामेरासहित तारजालीको व्यवस्था
बाग्लुङ – सुरक्षित तरिकाले मतगणना गर्नका लागि बाग्लुङका मतगणना स्थलमा तयारी गरिएको छ । बाग्लुङका १० वटै पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थल निर्माण गरी तयारी अवस्थामा राखिएको जनाएका छन् ।
बाग्लुङका १० वटै मतगणना स्थलमा सीसी क्यामेरासहित तारजालीको व्यवस्था गरिएको छ । वैशाख ३० गते हुने पालिका चुनावकाे मतदानपछि पालिकाले मतगणनाका लागि स्थलको तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाग्लुङका मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए ।
न्यौपानेका अनुसार जिल्लाका १० वटै मतगणना स्थल मत गणनाका लागि सुरक्षित बनाइएको छ । बाग्लुङको चार नगरपालिका र ६ गाउँपालिकाको मतगणनाका लागि सीसी क्यामेरासहित तारजालीको व्यवस्थापन गरेर मतगणना गर्ने तयारीअनुसार मतगणना स्थल तयार पारिएको छ ।
चुनावमा हुन सक्ने अवाञ्छित क्रियाकलापलाई निगरानी गर्न र रोक्न सुरक्षित तरिका अपनाइएको हो । निर्वाचन आयोगले सीसी क्यामेरा जडान गरेर मतगणना गर्न भनेपछि सबै निर्वाचन कार्यालयले पालिकाको व्यवस्थापनमा सीसी क्यामेरा र तारजाली लगाएको हो ।



कागजपत्र |
