लुम्बिनी प्रदेशमा एकै दिन पाँच जना मृत फेला


बुटवल – लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा एकै दिन एक जना बालबसहित पाँच जना मृत फेला परेका छन् । तीमध्ये ४ जना पानीमा डुबेको अवस्थामा मृत फेला परेका हुन् ।

रुपन्देहीको देवदह नगरपालिका-३ टटेरा डाँडा टोलस्थित रोहीणी नदीमा पौडी खेल्ने क्रममा डुबेर सोही नगरपालिका-७ मदनग्राम बस्ने मनोज थापाकी छोरी १६ वर्षीया दीपा थापाको मृत्यु भएको छ ।

यस्तै बर्दियाको गेरुवा गाउँपालिका-१ सरखोल बस्ने ७५ वर्षीया राजमती थरुनी आफ्नै घरबाट करिब ३ किलोमिटर टाढा कुलोको पानीमा मृत अवस्थामा फेला परेकी छन् । आइतबार नै गुल्मीको छल्दी खोलामा माछा मार्ने क्रममा एक पुरुषको डुबेर मृत्यु भएको छ ।

जिल्लाको इस्मा गाउँपालिका २ का ४९ वर्षीया ज्ञानकुमार कुमालको डुबेर मृत्यु भएको हो । यस्तै अर्घाखाँचीको सितगंगा नगरपालिका-१३ छत्याङका १२ वर्षीय मनोज बिक जंगलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया