गुल्मीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु


गुल्मी – गुल्मीको छल्दी खोलामा माछा मार्ने क्रममा एक पुरुषको डुबेर मृत्यु भएको छ । आइतबार दिउँसो माछा मार्ने क्रममा जिल्लाको इस्मा गाउँपालिका २ का ४९ वर्षीया ज्ञानकुमार कुमालको डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भीमबहादुर दाहालले छल्दी खोलामा माछा मार्न थालेका उनको डुबेर मृत्यु भएको बताए । शव पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको एसपी दाहालले जानकारी दिए ।

प्रतिक्रिया