तिनाउमा डुबेर भारतीय नागरिकको मृत्यु


पाल्पा – पाल्पाको तिनाउमा डुबेर एक जना भारतीय नागरिक मृत्यु भएको छ । तिनाउ गाउँपालिका वाड नं.३ ड्यामस्थित खोलामा पौडी खेल्न क्रममा डुबेर भारतीय नागरिक मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पौडी खेल्ने क्रममा भारतको गोरखपुरबाट घुम्न आएका अन्दाजी ३५ वर्षका अंकित श्रीवास्तवको मृत्यु भएको हो ।

श्रीवास्तवको डुब्नासाथ उद्धार गरे प्रादेशिक अस्पताल बुटवलमा ल्याएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया