एमालेका उम्मेदवारहरूको जित सुनिश्चित भइसकेको छ : विष्णु पौडेल


बुटवल – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बुटवलमा नेकपा एमालेसँग प्रतिस्पर्धा गर्ने सामर्थ्य कुनै पार्टीसँग नभएकाे भन्दै एमालेका उम्मेदवारहरूको जित सुनिश्चित भइसकेको बताएका छन् ।

बुटवलमा शनिवार भएको गठबन्धनको चुनावी सभालाई इंगित गर्दै उनले एजेन्डा बिनाको सभाको कुनै अर्थ नरहेको बताए । पूरा गठबन्धन एकातिर र एमाले अर्कोतिर लडाइँमा रहेता पनि गठबन्धनले एमालेलाई हराउन सक्ने कुनै आधार नरहेको बताए । राष्ट्रिय योजनाका काम सम्पन्न हुँदा बुटवल एक नमूना शहर बन्ने पौडेलले दाबी गरे ।

एमालेले अघि सारेका योजना सम्पन्न गर्न एमालेले नै जित्नुपर्ने बताउँदै पौडेलले नत्र विरोधीहरूले विकासे आयोजनामा पनि राजनीति गरेर अवरुद्ध गर्न सक्ने आशंका गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख र उपप्रमुख पदका उम्मेदवार बाबुराम भट्टराई र सावित्रादेवी अर्यालले बालेका थिए ।

प्रतिक्रिया