नेपालमा २ महिनापछि कोरोना संक्रमणबाट १ जनाको मृत्यु, थप १९ मा कोरोना पुष्टी


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १९ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३८२१ जनाको परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा करिब २ महिनायता कुनै पनि कोरोना संक्रमितले ज्यान गुमाएका थिएनन् । धेरै लामो समययता कोरोना संक्रमितको मृत्यु भएको पहिलो पटक हो । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

त्यस्तै गत २४ घन्टामा १८ जना कोरोनामुक्त भएका छन् । अहिलेको अवस्थामा नेपालमा २१७ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

No photo description available.

प्रतिक्रिया