स्थानीय निर्वाचन: आज चुनाव चिह्न प्रदान गरिँदै


काठमाडाैँ- स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दल तथा व्यक्तिहरूलाई निर्वाचन आयोगले आज (शनिबार) निर्वाचन चिह्न प्रदान गर्दै छ।  स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएका दलहरूले आफ्नै चुनाव चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिह्न प्रदान गर्नेछ।

उम्मेदवारहरूले निर्वानच चिह्न पाएपछि मौन अवधि सुरु हुनअघिसम्म प्रचारप्रचार गर्न पाउनेछन्। स्थानीय तहकाे निर्वाचन यही वैशाख ३० गते हुनेछ ।

प्रतिक्रिया