स्थानीय तहको निर्वाचन : देशभर १ लाख ४ हजार जना उम्मेदवार


काठमाडौँ- वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि १ लाख ४ हजार १ सय २३ जनाले मनोनयन दर्ता गरेका छन्।

३५ हजार २२१ जना जनप्रतिनिधिको लागि एक लाख भन्दा धेरैको आवेदन परेको निर्वाचन आयोगले जनाएको छ। जनप्रतिनिधिमा मनोनयन दिएका मध्ये २४ हजार १ सय २३ जनाले मनोनयन दर्ता गराएका छन्।

देशभरका निर्वाचन कार्यालयबाट आइतबार र सोमबार गरेको मनोनयन दर्ताको संख्या सोमबार राति ११ बजेसम्मको संख्या आयोगले अद्यावधिक गरेको हो।मनोनयन दर्ताको समय सकिएपनि रुजु गर्ने काम भइरहेकाले उम्मेदवार संख्या अझै थपिने आयोगले जनाएको छ।
प्रमुख पदमा २ हजार ७ सय ४४, उपप्रमुखमा २ हजार ९ सय ४१, अध्यक्ष पदमा १ हजार ६ सय ९९ र उपाध्यक्षमा २ हजार २३ जना रहेका छन्।

प्रतिक्रिया