निर्वाचन सुरक्षाबारे चार वटा सुरक्षा निकायका प्रमुखको बैठक


काठमाडाैं – पालिका चुनावको सुरक्षाबारे नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा चार वटा सुरक्षा निकायका प्रमुखले छलफल गरेका छन् ।

चुनावलाई भयरहित तरिकाले सफलतापूर्वक सम्पन्न गर्ने विषयमा प्रधानसेनापति प्रभुराम खड्का, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसी र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलबीच छलफल भएको हो ।

छलफलमा सेनाको युद्ध निर्देशनालयका निर्देशकले चुनावका लागि सेनाले अहिलेसम्म गरेका काम र भविष्यमा अन्य सुरक्षा निकायसँग गर्नुपर्ने समन्वयका विषयमा प्रस्तुतीकरण दिएका थिए ।

यस्तै चुनावलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले दिएको जिम्मेवारीलाई आपसी समन्वय र सहकार्य गरेर प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।

प्रतिक्रिया