ललितपुर महानगरपालिकाको मेयरमा ८ जनाकाे उम्मेदवारी


काठमाडाैं – ललितपुर महानगरपालिकाको मेयरमा ८ जना र उपमेयरमा ३ जनाको उम्मेदवारी परेको छ ।

ललितपुर महानरपालिकाका प्रमुख निर्वाचन अधिकृत विष्णु पाण्डेका अनुसार मेयरमा राष्ट्रिय जनमुक्ति पार्टी, आमूल परिवर्तन मसिहा पार्टी, मजदुर किसान पार्टी, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, विवेकशील पार्टी, नेकपा माले र स्वतन्त्रले उम्मेदवारी दिएका हुन् ।

यस्तै उपमेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र एक जना स्वतन्त्रले उम्मेदवारी दिएको उनले बताए। मेयर र उपमेयरमा प्रमुख दलहरूले उम्मेदवारी दिन आएका छैनन् ।

नेकपा एमालेले भोलि बिहान १० बजे उम्मेदवारी दर्ता गर्ने भएको छ । नेपाली कांग्रेससहितको ५ दलीय गठबन्धनले भोलि दिउँसो १ बजे उम्मेदवारी दिने तयारी गरेको छ ।

प्रतिक्रिया