पोखराको मेयर एकीकृत समाजवादीको भागमा परेपछि काँग्रेस पार्टी कार्यालयमा ताला


पोखरा – पोखराको मेयर एकीकृत समाजवादीको भागमा परेपछि कास्की पार्टी कार्यालयमा काँग्रेस महानगर समितिले ताला लगाएको छ ।

हिजो (मंगलबार) काँग्रेस सभापति शेरबहादुर देउवाले काँग्रेस गण्डकी सभापति शुक्रराज शर्मा, कास्की सभापति किशोरदत्त बराल र नेता यज्ञबहादुर थापालाई बोलाएर आफू समस्यामा रहेकोले पोखरा समाजवादीलाई दिनुपर्ने बताएका थिए ।

उक्त निर्णयले परिणाम उल्टो आउन सक्ने बारेमा नेतात्रयले जानकारी गराएता पनी केन्द्रले पोखरा नेकपा एकीकृत समाजवादीलाई नै दिने निर्णय गर्‍यो ।

सोही निर्णयको विरुद्धमा महानगर समितिले पार्टी कार्यालयमा तालाबन्दी गरेको हो ।

 

प्रतिक्रिया