दोलखामा पनि भत्कियो सत्ता गठबन्धन


दोलखा- दोलखामा सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेल नहुने भएको छ। गठबन्धन दलहरुबीच सिट बाँडफाँडमा सहमति नहुँदा मित्रवत् प्रतिस्पर्धामा जाने निर्णय भएको हो।

कांग्रेस सभापति बर्मा लामाको संयोजकत्वमा आइतबार साँझ बसेको जिल्ला संयन्त्रको बैठकले तीन बुँदे सहमति गरेको छ।  स्थानीय आवश्यकताको आधारमा पालिका वा वडास्तरमा नै छलफल गरेर मिल्न सके मिल्ने र नसके अलग अलग रुपमा चुनाव लड्ने सहमति भएको छ।

चुनाव लड्दा गठबन्धन दलहरुले स्वस्थ र सौहार्दपूर्ण वातावरणमा भाग लिने र आगामी दिनमा नेतृत्वमा औपचारिक र अनौपचारिक रुपमा वार्ता गर्न आपसी सहमतिमा बैठक बोलाउने निर्णय भएको कांग्रेस जिल्ला सभापति लामाले बताए।

प्रतिक्रिया