कांग्रेसबाट निर्वाचित काठमाडाैँका वडा सदस्यको निधन


काठमाडौँ- काठमाडौँ महानगरपालिका वडा नं ३० का वडा सदस्य निरजराज सत्यालको निधन भएको छ। विसं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नं ३० को वडासदस्यमा निर्वाचित सत्यालको आइतबार राति ९ बजे निधन भएको हो। उनी क्यान्सर रोगबाट पीडित थिए।

उनको भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए। नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीति अगाडि बढाएका सत्याल त्रिचन्द्र क्याम्पसको पूर्वस्ववियु पदाधिकारी हुन्। उनी काठमाडौँ क्षेत्र नं ४ को पूर्वक्षेत्रीय सदस्यसमेत छन्।

प्रतिक्रिया