सत्तागठबन्धनले महानगर र उपमहानगरको उम्मेदवारको टुंगो भोलीसम्म लगाउने


काठमाडौं – सत्ता गठबन्धन दलको उम्मेदवारबारे टुंगो लगाउनका लागि बैठक बसिरहेको छ । बालुवाटारमा बसिरहेको बैठकले भोलीसम्म महानगर र उपमहानगरबारे टुंगो लगाउने जनाइएको छ ।

साथै सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्था बारे पनि कार्यदलको रिपोर्ट लिने निर्णय पनि गठबन्धनको बैठकले गरेको बालुवाटार स्रोतले जनाएको छ।

स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने भनिए पनि सत्तारुढ नेपाली कांग्रेसका अधिकांश नेता तथा कार्यकर्ताहरु गठबन्धनको विपक्षमा रहेकोले स्थानीय तहमा गठबन्धन बारे अन्यौलता रहेकै बेला भोली नै उमेदवारको टुंगो लगाउने निर्णय गठबन्धनले गरेको हो ।

प्रतिक्रिया