पर्यटकलाई भिसा शुल्क तिर्न नगद बोक्न अध्यागमनको आग्रह


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पर्यटकहरुलाई नगद नै बोकेर आउन आग्रह गरेको छ ।  अध्यागमन कार्यालयले सूचना प्रकाशित गर्दै आगमनसँगै दिइने भिसा (भिसा अन राइभल) जारी गर्दा तिर्नुपर्ने रकम साथमै बोक्न पर्यटकहरुलाई आग्रह गरेको हो।

विमानस्थलमा आएका पर्यटकले अनएराइभल भिसाबापत २०० डलर वा सो बराबरकोे विदेशी मुद्रा तिर्नुपर्छ । तर, आजभोलि विदेशी पर्यटकले मास्टर कार्ड, भिसा कार्ड तथा विद्युतीय कारोबार लिएर आउँछन् ।

तर, विमानस्थलको प्रणालीले काम नर्दा यस्तो भुक्तानीमा समस्या भइरहेको अध्यागन कार्यालयले जानकारी दिएको छ । सोही कारण पर्यटकलाई २०० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा नगदमै बोक्न आग्रह गरेको हो ।

अहिले त्रिभुवन विमानस्थलमा अध्यागमनले ‘अन अराइभल’ भिसा शूल्क बैंकबाट भुक्तानी लिने व्यवस्था गरिएको छ। ती बैंकले अमेरिकी डलर तथा अन्य सटही हुने मुद्रा मात्र स्वीकार गर्नेसमेत कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

विमानस्थलमा एउटा मात्र एटीएम रहेकाले सो एटीएममा पनि भीडभाड र अनेक प्राविधिक समस्या देखिँदै आएको भन्दै पर्यटकहरुले समस्या भोगिरहेको बताइएको छ।

पर्यटकहरुले विद्युतीय माध्यमबाट भिसा कार्ड, मास्टर कार्ड र अन्यबाट भीसा शूल्क तिर्न समस्या देखिएको जनाइएको छ। शूल्क तिर्न समस्या हुँदा यात्रुहरु विमानस्थलमै लामो समय फस्ने समस्या भएको बताउँदै पर्याप्त पैसा बोक्न अध्यागमनले आग्रह गरेको हो।

प्रतिक्रिया