सशस्त्र प्रहरीको आईजीपीमा पुष्पराम केसी नियुक्त


काठमाडौं –  सरकारले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा पुष्पराम केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज (बुधबार) बिहान बसेको बैठकले दुई जना अतिरिक्त महानिरीक्षक (एआईजी) मध्येबाट केसीलाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

नयाँ आईजीपीको प्रतिस्पर्धामा एआईजी पुष्पराम केसी र रामशरण पौडेल थिए । वरीयतामा केसी, अर्का एआईजी  पौडेलभन्दा अगाडि थिए । केसीको कार्यकाल भने यही १८ गतेसम्म मात्र हुने छ ।

सशस्त्र प्रहरीमा शैलेन्द्र खनालले आइजिपीको ४ वर्षे पदावधिका कारण सोमबार रातिदेखि अवकाश पाएका थिए ।

प्रतिक्रिया